१४ बैशाख २०८१, शुक्रबार
Header

नायः बचतको १२ औं साधारणसभा सम्पन्न, २९ जेष्ठ नागरिक सम्मानित


प्रकाशित: आईतवार, २४ पुस २०७९, २१ः४० बजे
- अजय खड्गी

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड बौद्धजोरपाटीको १२ औं बार्षिक साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ ।


आईतवार आयोजित सभाका प्रमुख अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरे ।

 


प्रमुख अतिथि लिङदेनले सभामा आफूलाई प्रमुख अतिथि बनाएको र यस अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अवसर दिएकोमा सहकारीलाई विशेष धन्यवाद ज्ञापन समेत गरे ।


उनले सभालाई सम्बोधन गर्दै  सहकारीको बार्षिक कार्यक्रमको सफलताको कामना गरे । 

 


लिङदेनले नायः बचतले काठमाडौंको यस क्षेत्र र विभिन्न ठाउँबाट आएका मानिसहरुलाई समेटेर आर्थिक क्रियाकलाप गरिरहेकोमा आफुलाई खुसी लागेको र संस्थाले भविष्यमा अझ बढि काम गरेर जनताको आर्थिक विकासमा टेवा दिन सकोस भन्ने शुुभकामना समेत दिए । 

 

 


सो अवसरमा लिङदेनले जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरेका थिए ।

सहकारीका अध्यक्ष तथा कार्यक्रम सभापति रामकृष्ण खड्गीले पनि उनीहरुलाई खादा माला लगाई सम्मान गरे । 


सम्मानित हुनेहरुमा कान्छीमाया शाही (८९), विष्णु शाही (८८), भारतराज भण्डारी (८३), बिजुली माया शाही( ८२), गणेशमाया खड्गी (७९), मोहनबाहदुर भुजेल (८३), अष्टमाया खड्गी(८२), बिष्णुप्रसाद उपाध्यया (८१), विरे तामाङ (७७) रहेका छन ।

 


त्यसैगरी तिर्थदरी उपाध्यया (७७), कृष्णकुमारी गुरुङ(७६), जगतलाल खड्गी (७५), कृष्णदेवी शाही (७५), बुद्धि बहादुर खड्गी( ७२), रत्नमाया श्रेष्ठ (७३), कृष्णलक्ष्मी भुजेल (७२), सानुकाजी धिताल (७१), मिठुदेवी श्रेष्ठ(७१), लक्षमी दंगाल (७०) सम्मानित भएका छन ।


नारायणदेवी शाही खड्गी( ७०), ङिमलामा रौपनी (७०), बुदमाया सुनुवार (७७), रामजीलाल शाही(७२), दिलबहादुर खड्गी (७१), अष्टकुमारी शाही, केशरी माया शाही, सुर्जमाया शाही (७५), पूर्णबहादुर शाही, लिलबहादुर खड्गी(७२) सम्मानित भए । 

 


अध्यक्ष खड्गीले सम्मानित हुनेहरुलाई नगद र पौष्टिक खानेकुराहरु पनि प्रदान गरेका थिए ।


सो कार्यक्रममा क्रमिक रुपमा बचत गरी संस्थाको आर्थिक कारोवारमा टेवा पुुगाएकोमा सुरेश खड्गीलाई असल बचत कर्ताको रुपमा सम्मान गरिएको थियो भने असल ऋणी कान्छी शेर्पालाई पनि सम्मान गरिएको थियो । 

 


कार्यक्रममा सहकारीका सचिव सुरेन्द्र खड्गीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । 


कार्यक्रमका संयोजक तथा सहकारी उपाध्यक्ष देवनारायण खड्गीले बृद्धबृद्धाहरुलाई उनीहरुको समाजप्रतिको योगदानको कदर गर्दै हौसला प्रदान गर्न सम्मान गरेको बताए । 

 


साथै उनले उनीहरुको स्वास्थ्य र दीर्घायु रहोस् भनी कामना समेत गरेका थिए । 


सहकारीका कोषाध्यक्ष पृथ्वीनारायाण शाहीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

 


उनले आर्थिक बर्ष २०७८/०७९ असार मसान्तसम्म बचतकर्ताहरुबाट  संस्थाको निक्षेप दायित्व ४ करोड ४२ लाख ६२ हजार ४९८ रुपियाँ बचत फिर्ता गरी बाँकी रहेको जानकारी दिए । 


सस्थाको आ.व. २०७७/०७८ को असार मसान्तसम्म चालु दायित्व रु १४ लाख १६हजार ३४७ रुपियाँ ५४ पैसा रहेको उल्लेख गरे । 


त्यसैगरी, २०७८/०७९ मा नगद तथा बैंक मौज्दात ६ करोड ३३ लाख ९ हजार ८७७ रुपियाँ २ पैसा रहेको बताए । 

प्रस्तुत प्रतिवेदनमा २०७८/०७९ असार मसान्तसम्म असुल हुन ऋण बाँकी ५ करोड ४ लाख १७ हजार ४६३ रुपियाँ रहेको जानकारी दिए । 

 
२०७८/०७९ आम्दानी ऋण लगानीबाट ७७ लाख २६ हजार ६४७ रुपियाँ ३२ पैसा, विभिन्न शिर्षकबाट १४ लाख ३५ हजार ९३८ रुपियाँ रहेको छ । 

 

आ.व २०७८/०७९ मा निक्षेमा ब्याज खर्च  ३६ लाख ५१ ह्जार ५९३ रुपियाँ रहेको आर्थिक विवरण उनले प्रस्ततु गरे । 

 


जोरपाटीको चामुण्डामन्दिर नजिकै रहेको शेर्पा पार्टी प्यालेसमा आयोजित समारोहमा  अतिथीको आसनमा राप्रपा महामन्त्री कुन्ती शाही, दिपक रिसाल, प्रमुख गोकर्णेश्वर नगरपालिका, नेपाल सांस्कृतिक संघका केन्द्रिय सहायकमहान्त्री तथा सांस्कृतिकर्मी  रमेश मुनिकार र राप्रपा कार्यसम्पादन समिति सदस्य प्रेमकुमार श्रेष्ठको उपस्थिती रहेको थियो । 

 


कार्यक्रमको अन्त्यमा सहकारी अध्यक्ष तथा कार्यक्रम सभापपति रामकृष्ण खड्गीले संस्थाको आर्थिक विवरण र भावी योजनाहरु प्रस्ततु गर्दै सभाको समापन घोषणा गरेका थिए ।

 

 

 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD