१६ बैशाख २०८१, आइतबार
Header

नायः बचतको साधारणसभा सम्पन्न, उत्कृष्ट बचतकर्ता लगायत सम्मानित


प्रकाशित: शनिवार, १४ पुष २०७५, २२ः०० बजे
- महानगरखबर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्धजोरपाटीको शनिवार आठौं साधारणसभा तथा तेश्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । 


बौद्धस्थित चामुण्डा पार्टी प्यालेसमा आयोजित कार्यक्रमका प्रमुख अतिथि काठमाडौं क्षेत्र नं. ३ का संसद कृष्ण राईले नायः बचतले आगामी दिनमा श्रमसँग जोडेर उत्पादनशील कार्यमा लगानी गरी समृद्ध समाज निर्माणमा योगदान दिनुपर्ने बताए । 
प्रमुख अतिथी राईले खड्गी समुदायको उथ्थानसँगै सहकारीले सबैसँग हातेमालो गर्न आग्रह समेत गरे । 


त्यसैगरी कार्यक्रमका अर्का अथिति रहेका नेकपा पार्टीका केन्द्रिय सदस्य तथा नेपालमण्डल पर्यटकीय नगरीका अध्यक्ष कृष्ण केसीले नायः बचतको साधारणसभा तथा अधिवेशनको सफलताको सुभकामनासँगै सहकारीले आगामी दिनमा यस क्षेत्रका सबै व्यवसाय, पेशालाई समेटेर अघि बढोस भन्ने सुझाव दिए । 


सहकारीका उपाध्यक्ष तथा नेपाल खड्गी सेवा समितिका पूर्व अध्यक्ष देवनारायण खड्गीले नायः बचतमा बचत गरी आफ्नो आर्थिक कारोवारलाई सक्षम बनाउन सफल भएकोमा सबैलाई धन्यावाद ज्ञापन गरेका थिए । 


उपाध्यक्ष खड्गीले सहकारीबाट ऋण लिएका ऋणीहरुले समयमै आफ्नो ऋण चुक्ता गरी फेरि नियमित कारोवारलाई अघि बढाउन सदस्यहरुलाई आग्रह समेत गरेका छन् । 


नायः बचतको आर्थिक बर्ष २०७४÷०७५ मा भएको आर्थिक कारोवारको बार्षिक प्रतिवेदन कोषाध्यक्ष पृथ्वीनारायण शहीले पेस गरे अनुसार असार मसान्त सम्मको संस्थाको निक्षेप दायित्व रु २ करोड ५४ लाख ३१ हजार ४ सय ५१ रुपिया ७९ पैसा देखिएको छ । 


त्यसैगरी नगद तथा बैंक मौज्दात ३० लाख २६ हजार ४ सय ९५ रुपियाँ पैसा रहेको छ भने ऋण असुली हुन २ करोड ४० लाख १४ हजार १ सय ७८ रुपिया रहेको छ ।


त्यसैगरी ऋण लगानीबाट ब्याज आम्दानी रु ४८ लाख ८६ हजार ४ सय ३ रुपियाँ ८० पैसा भएको छ भने विभिन्न शिर्षकबाट रु ३ लाख ४२ हजार ९१ रुपियाँ ८१ पैसा आम्दानी भएको छ । 


त्यसैगरी, सो आर्थिक बर्षमा भएको खर्च विवरण अनुसार १४ लाख ८७ हजार ७ सय १८ रुपिया भएको छ भने कर्मचारीको तलबमा रु १४ लाख २४ हजार १ सय ४२ रुपियाँ खर्च भएको छ । 


कार्यालय संचालन खर्च रु १२ लाख ७२ हजार १ सय ७४ रुपियाँ ६४ पैसा भएको छ । त्यसैगरी ह्रास खर्च कटौती ३१ हजार ५ सय ५३ रुपियाँ २९ पैसा रहेको छ । 


सहकरीले सबै खर्च कटाई ७ लाख १४ हजार ७ सय ५२ रुपियाँ ९२ पैसा नाफा गरेको छ । 


कार्यक्रममा उत्कृष्ट बचत कर्ता बेखनारायण खड्गी, नियमित बचत कर्ता धर्ती तामाङ, असल ऋणी तर्फ प्रेम बहादुर खड्गी, सहकारीलाई निरन्तर सहयोग गर्ने रिकेश खड्गीलाई प्रमुख अथिति राईले सम्मान–पत्र प्रदान गरिएको थियो । 


सहकारीको सचिव सुरेन्द्र खड्गीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष रमेश आर्यालले आफ्नो विचार व्यक्त गरेका थिए । 


सो कार्यक्रमको अन्त्यमा सहकारीका अध्यक्ष तथा कार्यक्रम सभापति रामकृष्ण खड्गीले कार्यक्रमका प्रमुख अथिति कृष्ण राईलाई मायाको चिनो प्रदान गरेका थिए । 


अध्यक्ष खड्गीले सहकारीको बार्षिक प्रगती विवरण पेश गरेका थिए । सो प्रगति विवरण अनुसार कार्यक्षेत्रको विस्तार गरी शेयर पुँजी बृद्धि बचतमा ५ करोड तथा कर्जामा ७ करोड पुराउने लक्ष्य रहेको छ ।


त्यसैगरी ऋण लगानी पारदर्शी गर्ने, संस्थाका पदाधिकारी, समिति तथा उपसमितिका सदस्यहरुलाई लेखा तालिम प्रदान गर्ने, सञ्चालक समिति, उपसमिति, सदस्यहरुलाई अध्यन अवलोकन गराईन बताएको छ । 


सो कार्यक्रमका अथितिहरुमा नायः बचतका पूर्व अध्यक्ष अमिर खड्गी, खड्गी महिला समुहका अध्यक्ष मिना शाही, खड्गी सेवा समितिका पूर्व अध्यक्ष धनकृष्ण खड्गी, सहकारीका जेष्ठ महिला सदस्य गणेशमाया शाही, आरजु बुहउद्देश्यीय सहकारीका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । 

 


 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD