१३ बैशाख २०८१, बिहिबार
Header

नायः बचतको शनिवार ११औं साधारणसभा तथा चौथो अधिवेशन 


प्रकाशित: आईतावर, ११ पुस २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणभसा तथा चौथो अधिवेशन हुने भएको छ ।


पुस १७ गते शनिवार दिउँसो २ बजे सहकारीको साधरणसभमा संस्थाको संचालक समितिबाट आ.व.२०७७/०७८ बार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गरिने, आ.व. २०७७/०८को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत एंव अनुमोदन गरिने संस्था अध्यक्ष रामकृष्ण खड्गीले जानकारी दिए ।


त्यसैगरी २०७८/०७९ का लागि लेखा परिक्षक नियुक्त गर्ने, शेयर लाभांश घोषणा गर्ने र संचालक समितिको पदाधिकारही चयन गरिने भएको छ ।


सभा तथा अधिवेशन बौद्धस्थित याङग्रीला हिल सिटी हलमा हुने भएको छ । 


संस्थाले यस अघि पदाधिकारी चयनको लागि निर्वाचन तालिकाहरु सार्वजनिक गरिसकेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD