१६ बैशाख २०८१, आइतबार
Header

नायः बचतको पुष १४ गते आठौं साधारण सभा तथा तेश्रो अधिवेशन


प्रकाशित: सोमबार, ९ पुष २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नायः बचत तथा ऋण सहकारी संस्था लि. बौद्ध–जोरपाटीको पुष १४ गते शनिवार आठौं साधारण सभा तथा तेश्रो अधिवेशन हुने भएको छ ।


बौद्धस्थित चामुण्डा पार्टी प्यालेसमा दिउँसो २ बजे हुने सो साधारणसभा तथा अधिवेशनमा सहकारीको आर्थिक बर्ष २०७४/०७५ को आय–व्यय प्रतिवेदन, लेखा परिक्षक नियुक्त, संचालक समितिको चयन, बार्षिक कार्यक्रम लगायत विषयमा छलफल हुने सहकारीका अध्यक्ष रामकृष्ण खड्गीले जानकारी दिए । 


त्यसैगरी सहकारीका उपाध्यक्ष देवनारायण खड्गीले साधारणसभा तथा अधिवेशनमा सहकारीका सम्पुर्ण सदस्य तथा शेयरधनीलाई उपस्थित हुन आग्रह गरेका छन । 


काठमाडौं क्षेत्र नं ३ का सभासद कृष्ण राईको प्रमुख आतिथ्यमा हुने सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका उममेयर हरिप्रभा खड्गी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, वडा अध्यक्ष तथा सहकारीका प्रतिनिधिहरु लगायतको उपस्थित रहने सहकारी अध्यक्ष खड्गीले बताए । 


वि.स. २०६७ सालमा नेपाल खड्गी सेवा समितिका तत्कालिन अध्यक्ष देवनारायण खड्गी, समितिका सल्लाहकार तथा सहकारीका बर्तमान अध्यक्ष रामकृष्ण खड्गीको पहलमा नायः बचत तथा ऋण सहकारीको स्थापना भएको थियो ।


सहकारीमा हाल ११ सय भन्दा बढी ग्राहक सदस्यहरु रहेका छन् ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD