२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

नाफा आर्जन गर्ने प्रतिष्ठानमा न्यून तलब पाउनेलाई ८ महिनाको बोनस प्रस्ताव


प्रकाशित: मंगलवार, २९ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । संसदको कानुन तथा मानव अधिकार समितिले नाफा आर्जन गर्ने प्रतिष्ठानमा काम गर्ने न्यून तलव पाउने कर्मचारीलाई ८ महिना बरावरको तलब बोनस प्रस्ताव गरेको छ । 


संसदमा सरकारले दर्ता गराएको बोनस ऐन माथिको दफावार छलफलपछि समितिले बोनस ऐनमा संशोधनको प्रस्तावसहितको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।


संसदको पूर्ण बैठकमा पेश भएर पारित भएपछि नयाँ व्यवस्था लागू हुने समितिका सदस्य कृष्णभक्त पोखरेलले जनाएको छ । 


नेपाल सरकारले तोकेको न्यूनतम तलब वा त्यसको दोब्बरसम्म तलब पाउनेले ८ महिना बराबरको बोनस पाउने छन भने दोब्बर बढी तलब पाउनेले ६ महिना बराबरकोमात्र पाउने समितिका सदस्य पोख्रेलको भनाई छ । 


नाफा आर्जन गर्ने प्रतिष्ठानले वर्षमा कमाएको नाफाबाट १० प्रतितशत कर्मचारीका लागि भनी छुट्याउने व्यवस्था भएअनुसार सो रकमबाट कर्मचारीलाई वितरण गर्दा बचत भएपछि प्रतिष्ठानमै रहेको कल्याणकारी कोषमा ७० प्रतिशत जम्मा हुन्छ भने ३० प्रतिशत केन्द्रिय कल्याणकारी कोषमा राख्नुपर्ने छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex