५ जेठ २०८१, शनिबार
Header

नाफा आर्जनमा नविल पहिलो, नेपाल बैंक चौथो


प्रकाशित: आईतबार, २० माघ २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । वित्तिय विवरण सार्वजनिक गर्ने बैंकहरु मध्ये नविल बैंक पहिलो नम्बरमा परेको छ । 


बैंकले चालु आर्थिक बर्षमा २ अर्ब १७ करोड नाफा गरेर पहिलो बैंक बनेको हो । 


एक अर्ब ९७ करोड नाफा आर्जन गरेर नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो नम्बरमा परेका छन भने तेश्रोमा राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब ९६ करोड नाफा कमाउन सफल भई तेश्रो नम्बरमा परेको छ । 


त्यसैगरी चोथो नम्बरमा नेपाल बैंक लिमिटेड परेको छ । बैंकले १ अर्ब ६६ करोड रुपियाँ नाफा गरेको छ । 


एनआईसी एशिया बैंकले एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरी ५ औं स्थान हासिल गरेको छ । 


नेपाल बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब ६३ करोड रुपैयाँ नाफा गरेको थियो । नियामकीय समायोजन पछिको नाफा भने एक अर्ब ५७ करोड रुपैयाँ छ । पुससम्ममा एक खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ७९ करोड रुपैयाँ ऋण लगानी गरि तीन अर्ब १६ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD