काठमाडौ । विदेशमा आमाबुवासँग बस्ने खोज्ने सन्तानको नाता प्रमाणितिको लागि अन्य कागजात भन्दा पनि डिएनए रिपोर्टनै खोजेपछि खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए परिक्षणको संख्या बढेको जनाएको छ ।
प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालका अनुसार जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत देशले डिएनए रिपोर्टलाई विशेष महत्व दिने भएकोले सो ठाउँमा बस्दै आएका नेपालीका सन्तानले डिएनए परिक्षणको लागि प्रयोगशाला आउने गरेको छ ।
प्रयोगशालाले नेपाल सरकारको कन्सुलर सेवा विभाग, वैदेशिक रोजगारीको परामर्श केन्द्रका चिठीलगायत आधिकारिक प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने गर्दछ ।
व्यक्तिगत रुपमा आएकाहरुको डिएनए परीक्षण गर्दा समाजमा बेथिति आउन सक्ने भएकाले प्रयोगशालाले परीक्षण गर्दैन ।
यसअघि मानव डिएनए मात्रै परीक्षण हुँदै आएकामा प्रयोगशालाले गत वर्षदेखि वन्यजन्तुको समेत परीक्षण गर्न शुरु गरेको जनाएको छ ।
Categorized in समाज