९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

नागार्जुन नगरपालिकाको मेयर मोहनबहादुर बस्नेतको  पद निलम्बनमा


प्रकाशित: सोमवार, १५ पुस २०८१, १२ः३० बजे 
- महानगरखवर

काठमाडौं । भ्रष्टाचार र सम्पती सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतको मेयर पद निलम्बनमा परेको छ ।


अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार बस्नेतविरूद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बन भएको हो।


भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) ऐन, २०६४ को दफा २७ अनुसार स्वतस् निलम्बनमा पर्ने व्यवस्था छ ।


दुबै कसुरले मुद्दा दायर भएपछि अन्तिम किनारा नलागेसम्म त्यस्ता व्यक्ति स्वतस् निलम्बन भएको मानिने उल्लेख छ ।


अख्तियारले मोहन बस्नेतसँगै उनकी श्रीमती उर्मिला र राजुप्रसाद कँडेलविरूद्ध पनि मुद्दा दायर गरेको हो । अन्य दुई वटा कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको छ । 


मोहन बस्नेतविरूद्ध भ्रष्टाचारको मुद्दामा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँको बिगो कायम गरिएको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो कायम भएको हो ।


राजुप्रसाद पद्म कोलोनी प्रालि र पद्म मर्चेन्ट प्रालिका सञ्चालक हुन । दुई वटै कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो। 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex