३२ आषाढ २०८२, बुधबार
Header

नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद, करोडौं जरिवाना


प्रकाशित: सोमवार, १६ असार २०८२, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । विशेष अदालतले घुस तथा सम्पत्ति शुद्धीकरण अभियोगमा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजाय सुनाएको छ ।


विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई घुस लिएको आरोपमा ८ वर्ष र सार्वजनिक पदधारी भएकै कारण थप ३ महिनाको कैद सजाय तोकेको हो ।


अदालतले ९ करोड २२ लाख रुपैयाँ घुस लेनदेन भएको ठहर गर्दै मेयर बस्नेतसहित पद्म हाउजिङका सञ्चालक राजु कँडेललाई २ करोड ३० लाख रुपैयाँको दरले जरिवाना तोकेको छ । यस्तै, हाउजिङ र पद्मा मर्चेन्ट कम्पनीलाई समेत सोही रकम जरिवाना तिराउन विशेष अदालतले आदेश दिएको छ ।


बस्नेतलाई १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा दोषी ठहर गर्दै अदालतले थप ३ वर्ष कैद तोकेको छ । तर, सो कैद सजाय पहिल्यै तोकिएको ८ वर्षकै भित्र गाभिने बताइएको छ ।


सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनलाई २६ करोड २५ लाख रुपैयाँ जरिवाना तोकिएको छ भने थप २ करोड २६ लाख रुपैयाँ जरिवाना पनि तिराउन अदालतले आदेश दिएको छ ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
budha jyanti 2569
maharjan complex