९ भाद्र २०८३, मंगलबार
Header

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा


प्रकाशित: बुधवार, १६ असोज २०८१, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । 


आयोगले प्राधिकरणमा अनियमितता भएको आशंकामा छापा मारी कार्याबाट  केही कागजातहरु लागेको छ । 


आयोगमा विभिन्न विमानस्थल निर्माणको परियोजना र नागरिक उड्डयन प्राधिकरणको भवन निर्माणको अनियमिततावारे उजुरी परेको छ । अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।


संसदको सार्वजनिक लेखा समितिले पनि प्राधिकरणका परियोजनामा भएको अनियमितताको उजुरीमाथि छानबिन गरिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex