१० भाद्र २०८३, बुधबार
Header

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट


प्रकाशित: विहिवार, १८ जेठ २०८०, १५ः५० बजे
- महानगरखबर

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।


राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेको सो नागरिक विधेयक विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दर्ताको लागि पेश गरेको हो । 


रिटमा नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न रोक लगाउन माग गरिएको छ । 


नागरिकतासम्बन्धी राष्ट्रिय नीति बनाउन र सोही नीतिका आधारमा नागरिकता ऐन र नागरिकता नियमावलीहरु परिमार्जनका लागि आदेश पनि माग गरिएको अधिवक्ता सुरेन्द्र भण्डारीले बताए । 


रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, सभामुख, प्रतिनिधिसभा, राष्ट्रियसभालगायतका निकायलाई विपक्षी बनाइएको छ ।


राष्ट्रपति पौडेलले जेठ १७ गते संसदबाट बहुमतले पारित भई थन्किरहेको सो नागरिकता विधेयक प्रमाणिकरण गरेको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex