काठमाडौं । प्रतिनिधिसभाबाट नागरिकता सम्बन्धी विधेयक पारित भएको छ ।
शुक्रबार भएको छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो ।
नागरिकता विधेयकमाथि शुक्रबार प्रतिनिधिसभामा भएको छलफलमा ४५ जना सांसद सहभागी भएका थिए ।
नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए भने विपक्षमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे ।
आमाको नामबाट पनि नागरिकता बनाउन सकिने गरी विधेयक पारित गरेको छ । तर, बुवाको पहिचान हुन नसकेको नेपाली नागरिकले आमाको नामबाट निशर्त नागरिकता भने पाउने छैनन् ।
Categorized in राष्ट्रिय