१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नागरिकता वितरण निर्णय सच्याउन आग्रहः गजुरेल


प्रकाशित: शनिवार, ७ बैशाख २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी)का वरिष्ठ नेता सिपि गजुरेलले सरकारले नागरिकता जस्तो संवेदनशिल विषयमा गरेको गरेको त्रुटीपूर्ण निर्णय सच्याउन आग्रह गरेको छ । 


शुक्रबार राजधानी स्थित संवाद डबलीले‘नागरिकता सम्बन्धी समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने नेता गजुरेलले सो कुरा बताउँदै सरकारले विगत जस्तै यो पठक पनि लाखौं विदेशीलाई नेपाली नागरिकता गैर कानुनी ढंगबाट दिने निर्णय गरेको आरोप लागाएका छन् । 


गजुरेलले देशलाई सिक्किमिकरण र फिजीकरणतिर लग्ने वर्तमान शासन ब्यवस्था विरुद्ध आफुहरु आन्दोलनको चेतावनी समेत दिए । 


सरकारको जन विरोधी तथा राष्ट्रघाती कदम विरुद्ध आन्दोलन गर्न आफुहरु विचार र एजेण्ड मिल्ने शक्तिहरुसित कार्यगत एकता गर्न लागेको नेता गजुरेलले बताए । 


गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।


गत मंगलबार पक्ष र विपक्ष दुबै पक्षसँगको छलफलपछि सर्वोच्चले निवेदकले माग गरेअनुसार गृह मन्त्रालयको परिपत्रको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सुनासाँगै जन्मका आधारमा नागरिकता दिने सरकारी निर्णय लागु भएको हो ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex