११ भाद्र २०८३, बिहिबार
Header

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


प्रकाशित: विहिवार, २७ जेठ २०७८, १७ः४० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सवोच्चले आदेश दिएको छ । 


विहिवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।


सवोच्चले संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐनबाटै नागरिकता वितरणको व्यवस्था मिलाउन भनेको छ । 


संघीय संसदबाट यदि पारित हुन नसकेमा अध्यादेश बमोजिम वितरित नागरिकताको प्रमाणपत्रमाथि कानुनी जटिलता उत्पन्न हुने भएको सो निर्णय भएको आदेशमा भनिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex