काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले नागरिकको क्षमता अनुसार कर लगाउन स्थानीय करसम्बन्धी पुनरावलोकन समितिलाई सुझाव दिएको छ ।
समितिका पदाधिकारीहरुसँग भएको छलफलमा समितलाई सुझाव दिएको चेम्बरले जनाएको छ ।
चेम्बरले घरजग्गाको मूल्याङ्कन वैज्ञानिक ढङ्गले यथार्थपरक गरी घरबहाल करको दायरा वृद्धि गर्न समितिलाई सुझाव दिएको छ ।
घरबहाल करको दर घटाई ५५ कायम गर्न, पार्किङ व्यस्थित ढङ्गले गरेर मात्र शुल्क उठाउन सुझाएको छ ।
त्यस्तै स्थानीय निकायले लगाएको कर अविलम्ब फिर्ता गर्न तथा पञ्जीकरण सम्बन्धमा स्थानीय तहले जन्म, मृत्यु, विवाह र बसाइँसराइजस्ता कर नागरिकबाट नलिन सुझाव दिएको छ ।
प्रदेश सरकारले लगाउने करमा पनि स्थानीय सरकारले पनि स्थानीय कर लगाउँदा दोहोरो कर भई आर्थिक भार पर्ने भएकोले सो नगर्न समितिलाई भनेको छ ।
Categorized in समाज