काठमाडौं । प्रहरीले काठमाडौंको नागढुङ्गाबाट प्रहरीले भन्सारछली गरेर ल्याएको कुर्ता सुरुवाल बरामद गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा चेक प्वाईन्टमा खटिएको टोलीले आइतबार भारतबाट काठमाडौं आउँदै गरेको ना.६ख ३१९२ नम्बरको यात्रुवाहक बसमा फल्स बटम बनाई भन्सार छली ल्याएको करीव २ लाख २५ हजार रुपैयाँ बराबरको लेडिज कुर्था सुरुवालका कपडा ५ सय ७३ थान बरामद गरेको छ ।
साथै प्रहरीले बसका चालक र सह–चालकलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
Categorized in बजार