१८ बैशाख २०८१, मंगलबार
Header

नागढुंगा–नौविसे सुरुङमार्गको ‘ब्रेक थ्रु’


प्रकाशित: सोमवार, ३ बैशाख २०८१, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । नागढुंगा– नौविसे सुरुङमार्गको सोमवार प्रधानमन्त्री पुुष्पकमल दाहालले स्वीच थिचिर ‘ब्रेक थ्रु’ गरेका छन । 


प्रधानमन्त्री दाहालले विधुतिय स्वीच थिचेर सुरङ खोल्नको लागि ब्लाष्टिङ गरेका थिए । विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’भएको हो ।


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा सुरुङको शिलान्यास गरेका थिए । 


कोभिड र बेलाबेला हुने स्थानीयको अवरोधले गर्दा समयमै काम सक्न गाह्रो भएको थियो  । 


सुरुङमाग सञ्चालनमा आएपछि काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिने सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किलोमिटरको दूरी ३ मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।


अहिले ८/८ घण्टाको सिफ्ट बनाएर सुरुङमा चौबीसै घण्टा काम भइरहेको छ ।  ‘ब्रेक थ्रु’ पछि सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । 


अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन । 


सुरुङ मार्गमा भने पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन, मोटरसाइकल र ओभरलोड सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन । सीसीक्यामराबाट सुरुङमार्गको निगरानी गरिनेछ ।

 
सुरुङमार्ग निर्माणको काम २२ अर्ब रुपैयाँमा ठेक्का पाएका जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाा लगानी छ ।


पछिल्लो पटक थपिएको म्याद ०८१ वैशाख १३ सम्म काम सम्पन्न गर्नु पर्ने भएपनि यो समयभित्र काम नसकिने भएकाले फेरी एक वर्ष समय थप्ने तयारी भएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD