७ बैशाख २०८१, शुक्रबार
Header

नाइल बचतको एघारौं सधारणसभा सम्पन्न


प्रकाशित: सोमवार, १ कातिक २०७८, १७ः३० बजे
- केडिआर

काठमाडौं । नाईल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं सधारणसभा सम्पन्न भएको छ । 


हालै काठमाडौंमा सम्पन्न सभाले संस्थाको अध्यक्ष निलमणी पाठकद्धारा प्रस्तुत संस्थाको बार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लेखा प्रतिवेदन, आ.व. २०७८/०७९ लेखा परीक्षक नियुक्ती तथा पारीश्रमिक निर्धारण र बार्षिक कार्यक्रम पारित गरेको छ । 


साथै सभामा संस्थाको वितिय अवस्था पनि प्रस्तुत गरिएको थियो । संस्थाको शेयर पूँजी १ करोड ७० लाख ३१ हजार, कोष हिसाब ३६ लाख २८ हजार ४१५ रुपियाँ, बचत निक्षेप ५ करोड ५४ लाख १७ हजार ८ सय ८६ रुपियाँ, चालु दायित्व ३८ लाख ७९ हजार ५५५ रुपियाँ र व्यवस्थाहरु २२ लाख ७३ हजार ४७२ रुपियाँ रहेको छ । 


संस्थाको कुल कारोवार ८ करोड २२ लाख ३० हजार २ सय ४८ रुपियाँ रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD