१४ बैशाख २०८१, शुक्रबार
Header

नाँगढुँगाबाट १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ


प्रकाशित: सोमवार, २० पुष २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । नाँगढुंगा प्रहरीले सोमवार श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ गरेको छ ।


महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले विहान करिब ०४ः२७ बजेको समयमा चेकचाँज गर्ने क्रममा उक्त रकम सहित पक्राउ गरेको हो । 


काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । 


रकम सहित पक्रउ पर्नेमा भारत गोरखपुर घण्टाघर घर बताउने बर्ष ३० को अमित कुमार गुप्ता र कपिलबस्तु जिल्ला बाँडगंगा नगरपालिका ४ बस्ने बर्ष २२ को संगम थारु रहेका छन । 


संगम थारू कार चालक हुन । बरामद रकम मध्य कारको डिक्किमा स्पेयर टायरमुनि लगायत कारको बिभिन्न भागमा लुकाईछिपाई ३ वटा झोलामा ल्याएको अवस्थामा रू १ करोड ४७ लाख रूपैया बरामद भएको थियो भने अमित कुमार गुप्ताको साथबाट रू ८६ हजार रूपैया बरामद भएको हो ।


प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उक्त रकम भारतबाट नेपालमा भारतीय रूपैया ल्याई सीमा क्षेत्रमा पटक पटक गरी सटही गरेको खुल्न आएको छ । 


थप अनुसन्धानको लागि उक्त सवारी साधन, बरामद गरीएको रकम सहित पक्राउमा परेका व्यक्तिहरूलाई  आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण बिभाग पठाईएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD