२७ बैशाख २०८१, बिहिबार
Header

नविलले ल्यायो महिला उद्यमीको लागि २ वटा नयाँ ऋण स्किम 


प्रकाशित: विहिवार, १४ चैत्र २०७५, १६ः२०
- महानगरखवर

काठमाडौं । नविल बैंकले महिला उद्यमीको लागि २ वटा नयाँ ऋण स्किम ल्याएको छ । 


महिलाले चलाएको लघुउद्यममा नबिलले ३.९४ प्रतिशत ब्याजमै ऋण दिने गरी नयाँ स्किम ल्याएको हो । 


त्यसैगरी बैंकले ९.९९ प्रतिशत ब्याजमा डेढ करोड रुपैयाँसम्म ऋण दिने अर्को स्किम पनि ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले बताएका छन । 


महिलाहरुलाई आर्थिक रुपमा शशक्तीकरण गर्नका लागि पनि बचतसँगै ऋणको स्किम ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बिहीबार पत्रकार सम्मेलनमा बताए । 


बैंकले ‘नबिल नारी’ बचत खातामा ४.७५ प्रतिशतसम्म ब्याज दिने गरी नारी बचत अभियान पनि ल्याएको छ । 


यस बचत खातामा कार्ड, डिमान्ड ड्राफ्टरस्फिट ट्रान्सफर र लकर सुविधा उपलब्ध गराउने छ ।


सो पत्रका सम्मेलनमा महिलाले चलाएको लघुउद्यम ऋण १५ लाख रुपैयाँसम्मको ऋण लिनको लागि  १८ देखि ६५ बर्षसम्मका महिलाले पाउने छन ।  यसमा धितो राख्नु पर्दैन ।  यो ऋण प्रकृया सुरु गरेको २१ दिनभित्र उपलब्ध हुने छ । बैंकले ल्याएको ऋण स्किममा सहभागी हुन जुनसुकै शाखामा गए पनि हुन्छ ।


त्यसैगरी डेढ करोड रुपैयाँसम्म ऋणका लागि महिनाहरुको स्वामित्वमा स्थापित संस्था हुनु पर्छ । संयुक्त लगानीको फर्क भए कम्तिमा ५० प्रतिशत स्वामित्व महिलाको हुनु पर्छ । कम्पनी भए ५१ प्रतिशत शेयर हुनु पर्छ । 


यो ऋण लिनेले ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्डका साथै एसएमएस सुविधा निशुल्क पाउने छ । यो कर्जा कागजपत्र बुझाएको पाँच दिनभित्र पाइने नपाइने जानकारी ग्राहकले पाउने शाहले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD