काठमाडौं । नवलपरासीको देवचुली नगरपालीका–२, स्थित हमाल चोकमा विहिवार दिउँसो बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन ।
मृत्यु हुनेहरुमा गैँडाकोट नगरपालिका–१४ बस्ने ६५ वर्षीया कुमारी सुनारी, गँैडाकोट नगरपालिका–१८ बस्ने ७० वर्षीया जमुना मापछन र नाम ठेगाना नखुलेको ३५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सबैको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाईते भएकाहरुको एक जनाको पुरानो मेडिकल कलेज भरतपुर, १२ जनाको मनकामना अस्पताल चितवन, आठ जनाको नयाँ मेडिकल कलेज भरतपुर र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भइरहेको प्रहरीले बताए ।
ना४ख ५२९५ नंको बस र ना२ख ४८९० नंको ट्रक एक आपसमा ठोक्किएको थियो ।
Categorized in समाज