काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका – ११ स्थित बस दुर्घट्ना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत अरुणखोला नजिक आइतबार बिहान करिब ५ बजेको समयमा बस अनियन्त्रीत भई दुर्घटना हुँदा कम्तिमा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन । लु १ ख ८४५४ नम्बरको बस इटहरीबाट भैरहवाकातर्फ आउँदै दुर्घट्नमा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ४० जना यात्रु बोक्ने क्षमताको भएको उक्त रात्री बसले ५२ यात्रु बोकेको थियो । दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए ।
मृत्यु हुनेमा मोरङ सुन्दरहरैया १२ का ११ वर्षिया सुहन कार्की, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी, भोजपुर हतुवागढी गाउँपालिकाका २७ वर्षीया रामजित राई, गुल्मी हस्तीचौर गाउँपालिका २ घर भई मोरङ लेटाङमा नेपाली सेनामा कार्यरत ३५ वर्षीया तीलक विष्ट र भारत बिहार श्रीनगरका विद्यानन्द यादव रहेको पूर्वी जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
Categorized in समाज