नवलपरासी । पूर्वी नवलपारसीको कावासोती नगरपालिका १६ का बसन्ती परियारलाई एक युवकले आफूसँग विहे गर्न नमानेको भन्दै एसिड र छुरा प्रहार गरी गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय खले विक भन्ने विमल श्रीपालीले सोही स्थानी ३० वर्षीया बसन्तीलाई एसिड र छुरा प्रहार गरेका हुन ।
उनको चितवन भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
विमलले बसन्तीलाई सोमबार राति एसिड छ्यापेर तीन पटकसम्म छुरा प्रहार गरेका थिए । विमल श्रीपालीलाई गएराति नै प्रहरीले पक्राउ गरेको बताएको छ ।
उनीहरु दुवै विवाहित रहेको प्रहरीले जनाएको छ ।
Categorized in समाज