१४ बैशाख २०८१, शुक्रबार
Header

नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालन


प्रकाशित: सोमवार, २१ भाद्र २०७८, २०ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरको २१ वडामा रहेको नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनमा ल्याईएको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई ल्यापटप हस्तान्तरण गरेर ल्याबको शुभारम्भ गरे । 


सो अवसरमा प्रमुख शाक्यले सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले माग भएबमोजिमको लगानी बढाएको उल्लेख गर्दै भने, ‘हामी मागअनुसारका संरचना बनाइदिन्छौँ । प्रविधि र प्राविधिक सुविधा उपलब्ध गराउँछौँ । उच्चस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति बनाइदिन्छौँ । तर विद्यालयले प्रतिफल दिनुपर्छ । मैले भन्दै आएको छु, हामी संस्थागत विद्यालय विस्थापनको कुरा गर्दै छैनौँ तर प्रतिस्पर्धा गछौँ ।’


महानगरले शिक्षामा गरेको लगानीले विद्यालयलाई वातावरणमैत्री बनाउन हरियाली बढाउने, खेल मैदानलाई धुलोमुक्त बनाउने, सबै सामुदायिक विद्यालयमा एउटै रङ्ग लगाउने, महावाणी, भित्तेलेखन र भित्ते चित्र बनाउनेजस्ता संरचनागत काम भएको छ । 


शाक्यले प्राविधिक शिक्षाको कुरा गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) स्थापना गरिएको बताए । 


कार्यक्रममा वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले शिक्षकहरुलाई प्रविधिमैत्री बन्न आग्रह गरे ।  शिक्षक प्रविधिमैत्री भएनन भने पूर्वाधारले प्रतिफल दिन सक्दैन । त्यसैले शिक्षकहरु समयानुसार रुपान्तरण हुनुपर्छ, वडाध्यक्ष बज्राचार्यको भनाइ थियो ।


शुभारम्भ गरिएको ल्याबमा ८ वडा डेक्सटप, एउटा ल्यापटप र एउटा ट्वाब छन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त ६ लाख ५० हजार रुपैयाँबाट यी उपकरण खरिद गरिएका हुन ।


२०१५ सालमा स्थापना भएको यो विद्यालय नमूना विद्यालयका लागि छनौट भएको छ । यस विद्यालयमा करीब २ सय विद्यार्थी छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD