११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

नवनिर्वाचित सांसदहरूको शपथग्रहण सम्पन्न (तस्वीरहरु)


प्रकाशित: विहिवार, १२ चैत २०८२, २१ः४० बजे
- महानगरखबर

काठमाडौं । नवनिर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन ।


सिंहदरबारस्थित संसद भवनको अस्थायी संरचनामा आयोजित समारोहमा सांसदहरूले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका हुन । 


स्थायी संसद भवन निर्माण कार्य अझै सम्पन्न नभएकाले अस्थायी संरचना तयार गरी शपथग्रहण कार्यक्रम सञ्चालन गरिएको हो ।

 


नयाँ भवन निर्माण पूरा नहुन्जेल यही अस्थायी संरचनाबाट संसद बैठक सञ्चालन गरिने जनाइएको छ ।


शपथग्रहण कार्यक्रमको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गरेका थिए । उनले संविधान अनुसार सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।

 
नवनिर्वाचित प्रतिनिधिहरूको शपथसँगै संघीय संसदको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु भएको छ ।

 

 

 

 

 

 

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex