८ बैशाख २०८१, शनिबार
Header

नवनियुक्त मन्त्रीहरूको आज सपथ


प्रकाशित: विहिवार, ५ मंसिर २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरीले विहिवार नवनियुक्त मन्त्रीहरुको सपथ गराउने भएको छ । 


मन्त्रीहरुलाई विहान ११ बजे राष्ट्रपति कार्यलय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराइने भएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन । 


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन । नवनियुक्त मन्त्रीहरुमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव रहेका छन । 


नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नियुक्त भएका छन भने भुसाल कृषिमन्त्रालय, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङ महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालययको जिम्मेवारी पाएका छन ।


रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन ।


त्यसैगरी रामवीर मानन्धर शहरी राज्यमन्त्री र नवराज रावत स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD