१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नर्भिक अस्पतालमा नक्सा विपरित बनाएका टहरा हटाउन महानगर प्रमुख साहको निर्देशन


प्रकाशित: सोमवार, २३ साउन २०७९, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले जर्भिक अस्पतालमा बनाएको घर टहरा भत्काउन निर्देशन दिएको छ ।


सोमवार महानगरपालिकाको सहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले प्रमुख साहलको निर्देशनमा एक सुचना जारी गरी अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन भनेको छ । 


नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन ।


जारी सुचना अनुसार कारवाही अघि नबढाए नियम अनुसार कारबाही गर्ने भनी सूचना जारी गरिएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex