१६ चैत्र २०८०, शुक्रबार
Header

नर्भिकद्धारा विश्व मुटु दिवशका अवसरमा कार्यक्रम


प्रकाशित: आईतबार, १४ असोज २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले विश्व मुटु दिवसको अवसरमा शनिवार एक कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रमका प्रमुख अथिति रहेका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले विरामी र चिकित्सकको अवस्थावारे बताएका थिए । मन्त्री यादवले १० हजार विरामीका लागि २ जना चिकित्सक रहेको जानकारी दिएका थिए । 


राज्यमन्त्री यादवले जनताको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको जानकारी दिँदै सरकार तथा निजी क्षेत्रद्वारा सञ्चालित स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरी अघि बढ्नुको विकल्प नभएको प्रष्ट पारे । 


त्यसैगरी, कार्यक्रममा उपस्थित वक्ताहरुले मुटु रोगबाट बच्नका लागि खानपानमा सुधार तथा नियमित व्यायाम गर्नुपर्नेमा जोड दिएका छन । उनीहरुले मुटुको रोग, रक्तचाप, मधुमेह रोग भएमा खानपानमा ध्यान दिन सुझाव दिए । 


मुटुरोगबाट ग्रस्त भई नर्भिक अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका शिक्षाविद् प्रा रत्नमान डंगोलले मुटु रोगी समयमा नै अस्पताल पुग्नसकेमा जीवन बचाउन सकिने उदाहरण आफू नै भएको बताए । एकहत्तर वर्षको उमेरमा आफूलाई हृदयघात भएको र ९७ प्रतिशत ब्लक भइसकेको अवस्थामा नर्भिक अस्पतालमा पुगेर उपचार गर्दा नयाँ जीवन पाएको अनुभव उनले सो कार्यक्रममा सुनाएका थिए । 


सो अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह, अध्यक्ष वसन्तकुमार चौधरी, चिकित्सक डा यादवदेव भट्ट तथा नियमित रोग जाँच गरिरहेका रोगी शङ्कर कृष्ण मल्ललगायतका वक्ताले मुटु रोगको रोकथाम तथा सरकार र स्वयं व्यक्तिको दायित्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा राज्यमन्त्री यादवले उक्त अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरिरहेका १० ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान समेत गरेका थिए । 


मुटुरोग भए÷नभएको यी लक्षणहरुबाट थाहा पाउन सकिन्छ ः –


मुटुरोगका अनगिन्ती लक्षणहरूमध्ये सबैले थाहा पाइराख्नुपर्ने १२ वटा प्रमुख लक्षणहरू वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार
१. छातीको बिचको भाग दुख्नु
 २. दम बढ्नु
 ३. खुट्टाहरु सुन्निनु
 ४. घाटीँको रक्तनली फुल्नु
 ५. ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु
 ६. औंलाका टुप्पा बाक्ला , चाक्ला हुनु
 ७. टाउको दुख्ने र चक्कर लाग्नु
 ८. मुटुको धड्कन रोकिने वा छिटो चल्नु
 ९. कफमा रगत देखा पर्नु
 १०. जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउनु
 ११. हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु
 १२. छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD