१२ श्रावण २०८१, शनिबार
Header

नरेन्द्र मोदी भारतका प्रधानमन्त्रीमा नियुक्त, आइतावर सपथ


प्रकाशित: शुक्रवार, २५ जेठ २०८१, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । नरेन्द्र मोदी भारतको तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका छन । 


शुक्रवार राष्ट्रपति द्रौपदी मुर्मूले साँझ मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन । मोदी सत्तागठबन्धन राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) संसदीय दलका नेता हुन । 


शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो ।


मोदीले भने, ‘राष्ट्रपतिजीले मलाई बोलाउनु भएको थियो र मलाई नवनिर्वाचित प्रधानमन्त्रीका रूपमा काम गर्न नियुक्त दिनुभयो ।’


मोदीले आइतबार साँझ ६ बजे शपथ लिने कार्यक्रम रहेको छ । 


बुधबार २५२ सिट जितेको एनडीए गठबन्धनको दिल्लीमा सम्पन्न बैठकले सरकार बनाउने निर्णय गरेको थियो । सरकारका बनाउनको लागि भारतमा २७२ सिट चाहिन्छ ।


त्यस्तै २३४ सिट जितेको विपक्षी भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वको गठबन्धन (इन्डिया) गठबन्धन अब प्रमुख विपक्षी दिल हुनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex