१३ बैशाख २०८१, बिहिबार
Header

नरबुद्ध पार्क र महानगर पार्क निर्माण हुँदै


प्रकाशित: विहिवार, ८ साउन २०७७, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरले धोबीखोला किनारमा ७ करोड बढी लगानीमा महानगर र नरबुद्ध पार्क निर्माण कार्य अघि बढाएको छ । 


महानगरपालिकाको सार्वजनिक जग्गा वडा–५ मा यी दुई पार्क निर्माण कार्य निर्माण गरिने भएको हो । 


हाँडीगाउँस्थित धोबी खोला किनारमा भत्केको पुलदेखि कालो पुलसम्मको बिचमा रहेको करीब ३६ रोपनी सार्वजनिक जग्गामध्ये ६ रोपनी ११ आना क्षेत्रमा नरबुद्ध पार्क र ८ रोपनी क्षेत्रफलमा महानगर पार्क निर्माण कार्य अघि बढाएको हो ।  


वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलका अनुसार नरबुद्ध पार्कका निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि १ करोड ५० लाख विनियोजन गरेको छ । उक्त पार्कको अनुमान ३ करोड ३७ लाख ३८ हजार अनुमान गरिएको छ ।


पार्कमा विहार र बुद्धको मुर्तिसहितको पोखरी, फाउण्टेन र विश्रामस्थल समेत रहने छ । उक्त पार्क अपाङ्गमैत्री र जेष्ठ नागरिकमैत्री रहेको वडाध्यक्ष डंगोलले जानकारी दिए । 


हरियालीलाई विशेष प्राथमिकता दिएको सो पार्कमा वर्षातको पानी संकलन गरी पुर्नप्रयोग गर्न सकिने र वाटर रिचार्जको पनि व्यवस्था गरिएको छ । 


त्यसैगरी महानगर पार्कको पनि लागत अनुमान ४ करोड बढी रहेको डंगोलको भनाई छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थितिमा उक्त पार्कको प्रारम्भिक डिजाइबारे स्थानीयसँग छलफल सम्पन्न भएको छ ।  


महानगर प्रमुख विद्यासुन्दर शाक्यले कतियपय योजनाहरु विवादका कारण अघि बढ्न नसकेको गुनासो गर्दै बजेट अभावका कारण योजना अलपत्र पर्न नदिने प्रतिवद्धता व्यक्त गर्दै भने, ‘काठमाडौँ महानगरपालिकामा हामी निर्वाचित भएर आएदेखि पैसा अनुसारको योजना होइन, योजना अनुसार पैसा विनियोजन गर्नुपर्छ भन्ने मान्यता अनुसार अघि बढेका छौँ,’ । 


छलफलमा वडाध्यक्ष डंगोलले स्थानीय कला, संस्कृति, संस्कार र परम्परा तथा स्थानीयबासीको जीवनलाई जोडेर पार्क बनाइने वताए । 


छलफल कार्यक्रमा महानगरको सहरी पूर्वाधार बिकास बिभागका प्रमुख राम थापा, रोटरी क्लव अफ बागमतीका अध्यक्ष बिजयसागर प्रधान लगायतले आफ्नो धारणा राखेका थिए ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD