१६ चैत्र २०८०, शुक्रबार
Header

नरदेवीको आयुर्वेदिक अस्पतालमा ५० वेडको आइसोलेसन सञ्चालन हुने


प्रकाशित: शुक्रवार, २४ बैशाख २०७८, १७ः२० बजे
- महानगरखवर

काठमाडौँ । नरदेवीको आयुर्वेदिक अस्पतालमा कोभिड उपचारको लागि ५० वटा वेडको आईसोलेसन सुरु हुने भएको छ ।

 
जेठ १ गतेबाट आइसोलेसन बेड सञ्चालन गर्ने विषयमा विहिवार महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोलीले अस्पताल पुगेर निर्देशक डा. प्रदीप के. सी. सँग छलफल गरेका थिए । 


छलफलमा प्रमुख शाक्यले अस्पताललाई थप व्यस्थित गर्न महानगरले सहयोग उपलवध्य गराउने बताए । आइसोलेसनमा भएका विरामीलाई थप उपचार आवश्यक भए अस्पताल पठाउन र अस्पतालमा भर्ना भएका अक्सिजन थेरापी मात्र गरे पुग्ने विरामीलाई यता सार्न मिल्ने पद्धतिको आइसोलेसन बनाउन प्रमुख शाक्यले सुझाव समते दिए । 


११८ वेड क्षमता रहेको सो अस्पतालबाट शुरुवात्मा हामी ५० वेडबाट सेवा थालिने र आवश्यकताका आधारमा यसलाई विस्तार गर्न सकिने डा. केसीले बताए । 


अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले संयोजन गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD