काठमाडौँ । नयाँ सरकार गठनको लागि सत्ता गठबन्धनको बैठक बसेको छ ।
शनिवार प्रधानमन्त्रि निवास वालुवाटारमा सरकार गठनको लागि सत्तारुढ दलका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनमोर्चाको नेताहरु छलफलमा छन ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारको प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेकी थिइन ।
प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले दाबी गरिरहेका छन ।
Categorized in राष्ट्रिय