२० बैशाख २०८१, बिहिबार
Header

नयाँ सत्ता गठबन्धनविच फेरि ७ बुँदे सहमति (सहमति पत्र)


प्रकाशित: मंगलवार, २९ फागुन २०८०, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । नयाँ सत्ता गठबन्धनका ५ दलहरुविच सात बुँदे सहमति भएको छ । 


सत्ता गठबन्धनका दल माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मंगलवार प्रधानमन्त्री निवास् वालुवाटरमा ७ बुँदे सहमति गरेका हुन । 


सममति पत्रको पहिलो बुँदामा प्रधानमन्त्री प्रचण्ड नेतृत्व सरकारलाई सुदृढ र सफल बनाउने सहमति भएको छ । 


दोस्रोमा राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार नारायणप्रसाद दाहाललाई समर्थन गर्ने भनिएको छ ।


तेस्रोमा नयाँ सरकार गठन प्रक्रियामा अन्य दलहरूसँग संवाद अघि बढाउने पनि सहमति भएको छ । 


चौथोमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति भएको हो । 


पाँचौमा संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने सहमति भएको छ । 


छैठौमा देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने रहेको छ । 


र सातौमा पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक(सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएको उल्लेख छ । 


यसअघि गत फागुन २१ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच ८ बुँदे सहमति भएको थियो । 


सहमति पत्रः –

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD