५ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

नयाँ वर्षको अवसरमा नयाँ सडकमा विशेष सांस्कृतिक महोत्सव हुने 


प्रकाशित: मंगलवार, २४ चैत २०८२, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर काठमाडौं महानगरपालिका वडा नं.–२४ को आयोजनामा नयाँ सडक क्षेत्रमा विशेष सांस्कृतिक महोत्सव आयोजना गरिने भएको छ ।


वडा नं.–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीका अनुसार जुद्धशालिकदेखि इन्द्रचोकसम्म फैलिएको नयाँ सडक क्षेत्रमा स्थानीय परम्परागत बाजागाजा, धिमे, त्वाःखल पुचःको आर्केष्टा प्रस्तुती, सांस्कृतिक नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन ।


बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने उक्त महोत्सवमा कुटुम्ब ब्याण्ड, कान्टा ब्याण्ड लगायतका चर्चित सांगीतिक समूहहरूको विशेष प्रस्तुती रहने जनाइएको छ । 


त्यस्तै, कार्यक्रममा नेवाः परिकारका खाजा तथा खना स्टलहरू समेत राखिने आयोजकले जानकारी दिएको छ ।

 


प्रवेश निःशुल्क गरिएको वडाले जनाएको छ । 


नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको यस महोत्सवले नयाँ सडक क्षेत्रलाई सांस्कृतिक रूपमा थप आकर्षक बनाउने तथा स्थानीय परम्परा र पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex