६ जेठ २०८१, आइतबार
Header

नयाँ भेरियन्ट ओमिक्रोनबारे डब्लुयूएचओको यस्तो भनाई


प्रकाशित: सोमवार, १३ मंसिर २०७८, १७ः५९ बजे
- महानगरखवर

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले  सोमवार नयाँ कोरोना भेरियन्टबारे प्राविधिक व्रिफिङ गरेको छ । 


डब्ल्यूएचओले भनेको छ, ‘ओमिक्रोन भेरियन्टबाट उत्पन्न हुन सक्ने विश्वव्यापी जोखिम निकै उच्च रहेको मूल्यांकन गरिएको छ ।’


‘ओमिक्रोनको स्पाइकमा हुने उत्परिवर्तन संख्या अभूतपूर्व रहेको’ र महामारीलाई थप लम्ब्याउन सक्ने सम्भावनाका कारण यस्तो उत्परिवर्तन ‘चिन्ताको विषय भनेको’ पनि डब्ल्यूएचओको भनाइ छ ।


विश्वभर फैलिने संभावना रहेको भन्दै सबै सदस्य राष्ट्रलाई आवश्यक तयारीका लागि अपिल समेत गरेको छ ।


यस भेरियन्टमाथि निगरानी बढाउन र चाँडोभन्दा चाँडो खोप लगाउने कार्यलाई तीब्रता दिन समेत डब्ल्यूएचओले विश्व समुदायमा अपिल गरेको छ । 


दक्षिण अफ्रिकामा पहिचान गरिएको ओमिक्रोन हालसम्म ११ मुलुकमा फैलिएपछि अहिले विभिन्न देशहरुमा लकडाउन तथा आवता जावतमा रोक लगाउन थालिएको छ । 


खोपबाट प्राप्त हुने रोगप्रतिरोधी क्षमता छल्न सक्ने ओमिक्रोनको सामथ्र्य बुझ्न थप अनुसन्धान बैज्ञानिकहरु जुटेको डब्लुयूएचओको भनाई छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD