८ बैशाख २०८१, शनिबार
Header

नयाँ भेरियन्टका ‘जिन सिक्वेन्सिङ’ गरिने, आज थपिए ९१२ संक्रमित


प्रकाशित: शुक्रवार, २० साउन २०७९, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले नयाँ भेरियन्टका सन्दर्भमा ‘जिन सिक्वेन्सिङ’ गरिने भएको छ । 


शुक्रावर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले सो निणर्य गरेको हो । 


स्वास्थय तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएका सबै व्यक्ति तथा आइसीयू र एचडीसीयुमा रहेका बिरामीमध्ये प्राविधिक रुपले सम्भव भएसम्म कोभिड भाइरसको ‘जीन सिक्वेन्सिङ’ गर्ने व्यवस्था मिलाउने निणर्य गरेको छ । 


पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । 


योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । 


पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा छन् ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD