१४ बैशाख २०८१, शुक्रबार
Header

नयाँ भूमि विधेयकमा गुठी पनि समेटिने– प्रवक्ता बाँस्कोटा


प्रकाशित: विहिवार, १२ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले गुठी पनि समेटेर भूमिसम्बन्धी एकीकृत नयाँ भूमि विधेयक ल्याउने तयारी गरेको छ ।


सरकारका प्रवक्ता, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले विहिवार पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई विधेयक ल्याउन सैद्धान्तिक सहमति दिएको जानकारी दिए । 


मन्त्री बाँस्कोटाले भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिइएको बताएको छ । 


यस अघि सरकारले ल्याएको गुठी विधेयकले चर्को आलोचना खेप्नु परेको थियो । गुठीयाहरुले उपत्यकाका गुठी सम्पदामाथि सरकारले ठाडो हस्तक्षेप गरेको भन्दै उपत्यकाव्यापी आन्दोलन चर्केपछि सरकारले विधेयक फिर्ता लिएको थियो । 


सरकारले विधेयक फिर्ता लिएपछि गुठीयाहरुसँग पनि छलफल गरी विधेयक ल्याउने बताएका थिए । 


गुठीहरुले पनि गुठी सम्बन्धी आफ्नो धाराणा बनाउन बहृत गुठी सम्मेलनको तयारी गरिरहेका छन । उनीहरुले नेपालभरबाट गुठी सम्बन्धी सरोकारवालासँग छलफल गर्ने बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD