२ भाद्र २०८३, मंगलबार
Header

नयाँ बानेश्वर चोकमा ‘मोटरसाईकल बक्स’को परिक्षण हुने


प्रकाशित: आईतबार, १ असार २०७६, ११ः१० बजे
- महानगरखवर

काठमाडौं । मोटरसाईकलको कारण जाम बढेको गुनासो बढेपछि सरकारले काठमाडौंको मुख्य चोकहरुमा ‘मोटरसाईकल बक्स’ निर्माण गर्ने भएको छ । 


पहिलो चरणमा नयाँ बानेश्वरमा यसको परिक्षण हुने भएको छ । यसको परीक्षण पहिलो चरणमा नयाँबानेश्वर चोकमा गरिँदैछ । सडक विभागले नयाँ बानेश्वरमा यस्तो बक्स बनाउन काम थालिसकेकको छ ।


यो बक्स निर्माण भएपछि बक्समा मोटरसाइकल मात्रै बस्न पाउनेछन जसको कारण मोटरसाईकलहरु जथाभावी बीचमा छिर्ने पाउने छैन । 


जापानी सहयोग नियोग (जाइका) को सुझावअनुसार चोकमा मोटरसाइकल बक्सको परीक्षण गर्न लागिएको विभागका ट्राफिक इकाइका प्रमुख दीप बाराहीले जानकारी दिए ।


बानेश्वरको परिक्षाण पुरा भएपछि अन्य चोकहरुमा पनि बक्स बनाईने विभागले जनाएको छ । 


सडक विभागले हाल एकैपटक काठमाडौंको रिंगरोड र त्यसभित्रका क्षेत्रमा एक करोड ५७ लाख खर्चेर सडकको सिग्नल मार्किङ र सडक आसपास पेन्टिङको काम गर्न लागेको हो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex