काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महिला मकवानपुरकी ३० बर्षिया सविता भनिने सविना बजगाई र पुरुष चितवनका ३७ बर्षिय यमबहादुर मृत अवस्थामा भेटिएको हो ।
उनीहरु दुबैको शव बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा भेटिएको प्रहरीले बताए ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको सञ्चारमाध्यमलाई जानकारी दिएको छ । मृत महिला बजगाईको शब कट्टु मात्र लगाएको अवस्थामा खाटको तलपट्टी र युवकको खाटमाथि भेटिएको प्रहरीको भनाई छ ।
राति होटलमा बसेका उनीहरुलाई विहान खान खान बोलाउँदा ढोका नखोलेपछि दिउँसो १ बजे प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए ।
कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन । उनीहरुको मृत्युको कारण खोज्न अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ ।
मृतक महिलाका श्रीमान वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा रहेको बुझिएको छ ।
Categorized in समाज