३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

नयाँ बसपार्कका अतिक्रमित टहरा भत्काईयो, काठमाडौका विभिन्न क्षेत्रका फुटपाथ पनि हटाए


प्रकाशित: मंगलवार, २४ बैशाख २०७६, १०ः५० बजे
- महानगरखवर

काठमाडौं । नयाँ बसपार्कको पुलमुनि कारिडोर निर्माण गर्ने क्रममा सडक अतिक्रमण गरेर बनाएका टहारा पसलहरु हटाइएको छ । 


महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार सो क्षेत्रमा करिडोर निर्माण गरेको छ । 


उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजना अन्तर्गत महाशाखाले करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म जान सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले बताए । 


यसअघि महाशाखाले बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याइसकेको छ । ट्राफिक प्रहरीले तीनमहीने कार्ययोजना बनाएर करिडोर खोल्ने काम शुरु गरेको हो ।


त्यसैगरी महाशाखले नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex