१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नयाँ बजार, क्षेत्रपाटी, भिमसेनथान लगायतका क्षेत्रमा चार दिन विद्युत सेवा अवरुद्ध हुने


प्रकाशित: बुधवार, २ जेठ २०८१, १३ः०५ बजे
- महानगरखवर

काठमाडौं । भोलि (विहिवार) देखि काठमाडौंको विभिन्न स्थानमा दैनिक ६ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।


नेपाल विद्युत प्राधिकरणल जारी गरेको सुचना अनुसार नयाँ बजार, क्षेत्रपार्टी, भिमसेनस्थान, त्रिपुरेश्वर क्षेत्रमा विहान ११ बजेदेखि ५ बजेसम्म बिद्युत आपुर्ति बन्द हुने भएको हो । 


विद्युत वितरण लाइन भूमिगत गरिने भएकोले विहिवारदेखि जेठ ८ गतेसम्म विद्यतु आपूर्ति बन्द हुने भएको हो । 


विहिवार काठमाडौँको नयाँ बजार फिडरबाट वितरित हुने स्थानहरु खुसिँबु, सोह्रखुटे चोक, भ्याली कोल्ड स्टोर, पिपल्स डेन्टर अस्पताल लगायतका क्षेत्र विद्युत बन्द हुनेछ । 


शनिवार जेठ ५ गते क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने खुसिबु, सोह्रखुट्टे, भ्याली कोल्डस्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ ।


यसैदिन टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी चोक, धोबीचौर, ठहिँठी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा पनि बत्ती जानेछ । 


जेठ ६ गते भिमसेनस्थान फिडर अन्तर्गत पर्ने काठमाडौँ १२ नम्बर वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल, भिमसेनस्थान, कास्टमण्डप क्षेत्रमा बत्ती जानेछ । 


जेठ ८ गते भिमसेनस्थान फिडर अन्तर्गत पर्ने काठमाडौँ १२ नम्बर वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल, भिमसेनस्थान, कास्टमण्डप क्षेत्रमा बत्ती जानेछ ।


यसैदिन त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु, पचली भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर र विश्वनिकेतन स्कुल क्षेत्रमा बत्ती जाने छ । 


बत्ति जाने तालिकाः 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex