काठमाडौँ । नयाँ प्रधानन्यायाधिसको लाग शुक्रबारबाट ससदीय सुनवाईको आव्हान गरेको छ ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरीको लािग सार्वजनिक सुचना प्रकाशित गरी माग गरेको छ ।
जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्नु पर्ने आधार र कारणसहितका उजुरी दर्ता ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट सङ्कलन गर्नेछ । यस्तै, समितिको टेलिफोन नम्बरमा पनि उजुरी टिपाउन सकिनेछ । समिति सचिवालयमा समेत उजुरी दर्ता हुनेछन् यस्तै, समितिको इमेलमार्फत पनि सरोकारवालाले उजुरी पठाउन सक्ने व्यवस्था गरिएको छ ।
साउन ६ गते सम्म जोशीविरुद्ध उजुरी गर्न सकिने समितिले जनाएको छ । संवैधानिक परिषद्ले जोशीको नाम जेठ २९ गते सिफारिस गरेको थियो ।
Categorized in राष्ट्रिय