७ बैशाख २०८१, शुक्रबार
Header

नयाँ दिल्लीमा उच्च सुरक्षा सर्तकता, आतंकवादी हमलाको सुचना


प्रकाशित: आईतबार, ३ कार्तिक २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । भारतको राजधानी दिल्लीमा आतंकवादी हमलाको सुचना आएको भन्दै उच्च सर्तकता अपनाएको छ । 


दिल्लीका ४ सय बढि सथानमा जैश–ए–मोहम्मदले आक्रमण गर्ने तयारी गरिरहेको सुचना गुप्तचर ऐजेन्सीले दिएपछि सुरक्षा सर्तकर्ता बलियो पारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । 


प्रहरीले दिल्लीका ८ स्थान रोहिणी, दिल्ली उत्तरपूर्व, उत्तरपश्चिम, उत्तर, नयाँदिल्ली, द्वारका, पूर्वी र मध्य क्षेत्रका चार सय बढी भवन र केही बजारलाई आतंकवादी समूहले निशाना बनाउन सक्ने गुप्तचर अधिकारीहरुको भनाइ छ । यी क्षेत्रहरुलाई संवदेनशील घोषणा गरिएको छ ।


दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै ती सबै स्थानहरुमा थप सुरक्षाकर्मी परिचालन गरेको छ ।


स्रोतका अनुसार ३ मे २०१६ मा दिल्लीको चाँदबाग क्षेत्रबाट पक्राउ परेका जैश–ए–मोहम्मदका तीन सदस्यहरुले दिल्लीमा आक्रमण गर्ने योजनाको खुलासा गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD