४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

नमोबुद्धका मेयरमाथि इँटा उद्योगमा शेयर मागेको आरोप


प्रकाशित: विहिवार, १२ भाद्र २०७६, ११ः२० बजे
- महानगरखवर

काठमाडौं । नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमिल्सिनामाथि इँटा उद्योगमा शेयर मागेको आरोप लागेको छ । 


नेपाल इँटा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकर चन्दले मेयर तिम्लिसनाले शेयर मागेको र नदिएपछि उद्योगमा डोजर चलाएको आरोप लगाएका छन । 


महासंघले बुधवार पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हो । महासंघका उपाध्यक्ष चन्दले उद्योगीले शेयर दिन नसक्दा डोजर लगाएको बताउँदै गत आइतवार भकुण्डेवेशीका ८ वटा इँटा उद्योगमा डोजर चलाएको जानकारी दिए । 


तर मेयर तिमिल्सिनाले भने उद्योगीसँग भएको सम्झौता कार्यन्वयन नआएपछि डोजर चलाएको बताएको छ । नागरपालिकासँग असारसम्म उद्योग हटाउने सम्झौंता कार्यान्वयन नभएपछि डोजर लगाएको हो । 


भकुण्डेबेशीका इँटा उद्योगी दिपेन्द्र अधिकारी भने नगरपालिकाले गैर शेयरधनीलाई जिल्ला प्रशासन कार्यालयमा लगेर असार मसान्त सम्म हटाउने सहमतिमा जवर्जस्ती हस्ताक्षर गर्न लगाएको आरोप लगाए । 


पत्रकार सम्मेलनमा व्यवासयीले जानकारी दिए अनुसार प्रत्येक इँटा उद्योगगमा १० देखि २५ लाख रुपैयाँ सम्मको क्षति भएको छ । क्षतिपूर्तिका लागि उद्योगीहरु जिल्ला प्रशासन र अदालत धाइरहेका छन । 


मेयर शमोले भने उद्योग खाली गर्न थप समय पनि नमागेको र सम्पर्कमा पनि नआएकोले नगरपालिकाले उद्योग हटाउन ३५ दिने सूचना जारी गरेको थियो । 


मेयर र उद्योगीहरुले एक अर्कालाई दोषी थोपारिरहेको देखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika