८ बैशाख २०८१, शनिबार
Header

नबिल बैंकले ल्यायो ‘सजिलो कर्जा’


प्रकाशित: शुक्रवार, २४ फागुन २०७५, १८ः०० 
- महानगरखबर

काठमाडौं । नबिल बैंकले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै नयाँ कर्जा ‘सजिलो कर्जा’ योजना ल्याउको छ । 


बैंकले चार करोडसम्म ब्यापारको आकार भएको उद्यमीलाई एक करोड ५० लाखसम्म साढे १०.५ प्रतिशत ब्याजमा ऋण उपलव्ध गराउने भएको छ ।  


बैंकले यस कर्जाको लागि युकेएड सक्षससँगको सहकार्य गरेको छ । 


बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र सक्षमका टोली प्रमुख निर्मल दाहालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन । 


अब सहमतिसँगै बैंकले नबिल सजिलो कर्जा योजना सुरु गरेको बैंकले जनाएको छ । यो ऋण लिने ग्राहकलाई बैंकले निशुल्क क्रेडिट कार्ड जारी गर्ने छ । 


ऋणले उद्यमीले कार्ययोजना पेस गरेको पाँच दिनमै ऋण उपलब्ध गराउने छ । हाल बैंकका देशभर ७५ शाखा, १२५ एटिएम र १५ सयभन्दा धेरै रेमिट एजेन्ट छन ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD