१३ बैशाख २०८१, बिहिबार
Header

नबिल बैंकले क्यास मेशिन सञ्चालनमा ल्यायो


प्रकाशित: बुधवार, २ भाद्र २०७८, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । नबिल बैंकले क्यास मेशिन सञ्चालनमा ल्याएको छ । 


नबिलको क्यास मेशिनले ग्राहकहरुलाई एटिएम मार्पmत रकम झिक्ने सँगै क्यास जम्मा पनि गर्न सक्ने सुविधा दिने भएको छ । 


यस मेशिनमा ग्राहकहरुले एक हजार, ५ सय, १ सयको नेपाली रुपैया“ जम्मा गर्न सक्ने छन भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन । 


अहिले बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट यो सुविधा सुरु गरेको छ । नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन भने ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन ।


बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिदै आएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD