काठमाडौं । नबिल बैंक लिमिटेडले ८ वर्षे अवधिको नयाँ ऋणपत्र ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ सार्वजनिक निष्कासन गर्ने भएको छ ।
साउन ६ गतेदेखि खुल्ने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन । ब्याज अर्धवार्षिक रूपमा वितरण गरिनेछ भने पूँजी ९एचष्लअष्उब०ि भने ८ वर्षपछि मात्र फिर्ता गरिने बैंकले जनाएको छ ।
नबिल बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो, जसको कुल मूल्य ३ अर्ब रुपैयाँ हुनेछ ।
यसमध्ये १२ लाख कित्ता (समेत ६० हजार सामूहिक लगानी कोषका लागि छुट्याइएको) सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिनेछ ।
आवेदन कहिलेसम्म ?
ऋणपत्रमा लगानी गर्न इच्छुकले छिटोमा साउन ९ गतेसम्म र ढिलोमा साउन २० गतेसम्म आवेदन दिन सक्नेछन । आवेदन मेरोसेयर प्रणालीमार्फत अनलाइनबाटै दिन सकिने व्यवस्था गरिएको छ । यस ऋणपत्रको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
मुख्य विशेषताः
नामः ७ प्रतिशत नबिल डिबेन्चर २०८९
अवधिः ८ वर्ष
ब्याजदरः वार्षिक ७ प्रतिशत (अर्धवार्षिक भुक्तानी)
अंकित मूल्यः प्रतिकित्ता १,००० रुपैयाँ
निष्कासन आकारः ३० लाख कित्ता (३ अर्ब रुपैयाँ)
सर्वसाधारणका लागि खुलाः १२ लाख कित्ता
न्यूनतम आवेदनः मेरोसेयर प्रयोग गरी गर्न सकिने
नबिल बैंकका अनुसार, दीर्घकालीन तथा स्थिर आय स्रोत खोज्ने लगानीकर्ताका लागि यो डिबेन्चर सुरक्षित र लाभदायक विकल्प हुनसक्नेछ ।
बैंकले हालसम्म पनि विभिन्न डिबेन्चरहरू सफलतापूर्वक निष्कासन गरी समयमै ब्याज तथा पूँजी फिर्ता गरेको इतिहास बोकेको छ ।
Categorized in बैंक