काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन ।
बिहीबार बैंकको सञ्चालक समिति बैठकले सिइओमा नियुक्त गरेको ज्ञवालीलाई नियुक्त गरेको हो ।
कायममुकायम प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत थिए । गत चैतमा उनलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका उनी दुई दशकदेखि बैंकिङ क्षेत्रमा छन ।
यसअघि बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुंगाना थिए । उनले चैतमा नै राजीनामा दिएका थिए ।
Categorized in बैंक