८ बैशाख २०८१, शनिबार
Header

नबिल नारी उद्यमी सीड क्याम्प हुने


प्रकाशित: शुक्रवार, २७ बैशाख २०७६, ११ः१० बजे
- महानगरखवर

काठमाडौ । नविल बैंकले ल्याएको नबिल नारी उद्यमी योजना अन्तर्गत नाविल नारी उद्यमी सीड क्याम्प हुने भएको छ । 


नबिल बैंक र उद्यमी इनोभेसनको संयुक्त आयोजनामा हुन गईरहेको सो क्याम्पको लागि नयाँ सोचसहितको योजनाको लागि आवेदन समेत माग गरिएको छ । 


बैकद्धारा आयोजित पत्रकार सम्मेलनमा क्याम्पबारे प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले क्याम्प महिलाको लागि विशेष अवसर भएको बताए ।


इनोभेसनको प्रोग्राम संयोजक प्रभा तिमिल्सिनाले क्याम्पले व्यवसायिक सोच भएका तथा नविन सोचका साथ अघि बढ्ने नारीहरुलाई यस क्याम्पले सहयोग गर्ने जानकारी दिए । 


यस क्याम्पमा भाग लिनको लागि कम्तिमा एक महिला सहसंस्थापक हुनु पर्ने छ । दुईदेखि चार जनाको समूहले आफ्नो नबिन सोचसहित आवेदन पेश गर्न सक्नेछ । 


क्याम्पमा सहभागीहरुलाई समाजका सफल उद्यमीहरुको अनुभव र दक्ष प्रशिक्षकहरुले एक हप्ते व्यवसायिक तालिम प्रदान गरेकाहरुले एक महिनासम्म आफ्नो व्यवसायिक योजनामा काम गर्ने छन । 


यस योजनामा २० वटा उत्कृष्ट व्यावसायिक योजनाहरु छनौट भएपछि अर्को चरणमा जाने छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD