५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

नदी किनाराका अधिकृत संरचना हटाउने महानगरको अल्टिमेटमलाई उच्च अदालतको रोक


प्रकाशित: शुक्रवार, १७ चैत्र २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौ । काठमाडौं महानगरले गत शनिवार नदी किनाराका अनाधिकृत संरचना हटाउन जारी गरेको सुचना कार्यन्वयन नगर्न उच्च अदालत पाटनले अल्पकलीन अन्तिरिम आदेश दिएको छ ।


न्यायाधीश धीरबहादुर चन्दको इजलासले  काठमाडौं महानगरको सूचना तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो । 


अदालतले चैत्र २६ गतेको लागि तारेख दिएको छ । दुवै पक्षको छलफलपछि मात्र  त्यो आदेशले निन्तरता  पाउने नपाउने तय हुने जनाउको छ ।

 
आदेशमा भनिएको छ, ‘‘ विपक्षी काठमाडौं महानगरपालिकाको कार्यालयबाट मिति २०७९ चैत ११ गते प्रकाशित सूचना कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नु भनी विपक्षी मध्येका काठमाडौं महानगरपालिकाका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ ।’


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex